नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट द