प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको ८६ दिनपछि मन्त्रिपरिषद् विस्तारका लागि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
भागबण्डा मिलेपछि दलहरूले मन्त्री बन्नेहरूको नाम तय गर्न आन्तरिक छलफल गरिरहेका हुन् ।
मन्त्री छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षको छुट्टाछुट्टै बैठक बस्दैछ ।
पौडेल पक्षको बैठक दिउँसो ३ बजेका लागि तय भएको सो समूहका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेलसँग मन्त्रीका लागि २ जनाको नाम पठाउन आग्रह गरेक...