मन्त्रीको टुंगो लगाउन पौडेल पक्षको बैठक सुरु

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक सुरु भएको छ।महामन्त्री शशांक कोइरालाको निवासमा महाराजगंजमा बैठकले भर्खरै सुरु भएको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।नेता पौडेल पक्षबाट मन्त्री बन्न थुप्रैले आकांक्षा राखेको बुझिएको छ। ‘मन्त्रीका आकांक्षीहरु धेरै छौं, छलफलबाट हेरौं क–कसलाई सरकार