काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै छलफल नै नगरी आफूखुसी मन्त्री छानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय नेताहरूले प्रधानमन्त्री देउवाको कार्यशैलीलाई लिएर आक्रोश पोखेका हुन् । साथै पौडेल पक्षका नेताहरूले देउवाको कार्यशैली र व्यवहारका बारेमा सिंहदरबारमा बस्ने पदाधिकारी बैठकमा कडा ढङ्गले प्रस्तुत हुने तयारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।&