फागुन २४, काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
फण्डले मेगा म्युचुअल फण्ड- २ नामक म्युुचअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त इकाई निष्कासन गर्नका लागि फण्डले गत फागुन २२ गते बोर्डमा निवेदन दिएको हो ।
कोष व्यवस्थापकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।