काठमाडाैं : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्।
गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।
गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।