गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्ला फैलिएपछि ..

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन आज बिहीवारै बिहान एउटा समाचार फैलियो । जुन समाचार देखेर सबै जना चकित परे । समाचारको व्यहोरा थियो – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा ।  तर उनले गत वैशाख २६ गते गरेको राजीनामाको व्यहोराको पत्रमा २०७८ जेठ २६ गतेको मिति उल्लेख गरी तोडमोड गरिएको थियो । सोहीलाई आधार मानेर केही मिडियाले समाचार हाले ।  यसैबीच, प्रदेश प्रमुखको कार्यालयले सूचना खण्डन सम्बन्धमा भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यालयका सूचना अधिकारी चण्डिप्रसा...