प्रदेश सभामा मतदानको अघिल्लो दिन गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् । उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण ग...

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ ।  आज शुक्रवार बसेकाे गण्डकी प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत माग्नुभएकाे थियाे ।  मतदानमा अधिकारीकाे पक्षमा ३१ मत खसेकाे हाे । उहाँकाे विपक्षमा २७ मत खसेकाे छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ ।  एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांस...

गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। गत शनिवार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।  ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सांसद  संख्या ५९…

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन सकेनन्

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । बिहीबार विश्वासको मत लिन गुरुङले प्रदेश सभामा प्रस्ताव पेस...

गण्डकी प्रदेश सभाकाे बैठक सुरुः मुख्यमन्त्री गुरुङले विश्वासको मत मागे

गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत मागेका छन्।

गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गण्डकीका मुख्यमन्त्रीले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन प्रस्ताव गर्दै मंगलबार प्रदेश सभा...

मुख्यमन्त्रीको पद जोगाउन  मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री

प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई बिहीबार युवा तथा खेलकुदमन्त्री नियुक्त...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदैछ।

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]