गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, स्वीकृत गर्दै प्रदेश प्रमुखले गरिन नयाँ सरकार गठनको आह्वान

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो। रुङले गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम पदबाट दिएको राजीनामा पत्र आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा समेत स्वीकृत गरेकी…

सम्बन्धित सामग्री

प्रदेश सभामा मतदानको अघिल्लो दिन गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् । उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण ग...