कास्की – गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिनुभएकाे छ ।
मुख्यमन्त्री गुरुङलाई संविधानकाे धारा १६८ काे उपधारा ३ बमाेजिम प्रदेश प्रमुख सीताकुमारी पाैडेलले पद तथा गाेपनीयताकाे शपथ खुवाउनुभएकाे हाे ।
गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई...