काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ। सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो। ०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ। कार्यदलमा नमिलेका विषय शीर्ष नेताहरूलाई छाडिने संयोजक सिटौलाले बताए।कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहित