काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको खाका बनाउन गठित पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ।कार्यदलको पहिलो बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। बैठकमा गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँटको मोडालिटीमा प्रारम्भिक छलफल हुने कार्यदल सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए।गत शुक्रबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन