काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति