काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन गम्भीर षड्यन्त्र भइरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको भन्दै षड्यन्त्रकारीहरूबाट जोगिन गठबन्धनका दललाई आग्रह गरे।गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरूलाई फाइदा हुने भएकाले गठबन्धनविरोधी गतिविधिमा नलाग्न उनले आग्रह गरे।उपेन्द्र यादव र माधव नेपालले चित्तबुझ्दो तरिकाले सिट बाँडफाँड नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिनु र पार्टीभित्रको शेखर कोइराला समूहले एक सय सिटभन्द