सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ। बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो। जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ। सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन।हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभ

सम्बन्धित सामग्री

पर्साको जिसस चुनावमा सत्तारुढ गठबन्धन विभाजित, जसपा र एमालेबीच तालमेल

२५ जेठ, वीरगञ्ज । पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ । निर्वाचनबाट जिल्ला समन्वय समितिमा […]

सत्ता गठबन्धन बैठक : पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,

सहमति नजुटेपछि सल्यानमा कांग्रेस र माओवादीबीच टक्कर पर्ने

सुर्खेत : सत्तारुढ गठबन्धन दलहरुबीच केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल भइरहेको छ। तर सल्यानमा भने चुनावी तालमेल नहुने भएको छ। आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनबीच सहमति नजुटेपछि चुनावी तालमेल भाँडिएको हो। स्थानीय तहमा भागबण्डा नमिलेपछि दलहरु निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने भएका हुन्। नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशवबहादुर विष्टको…

मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक

जनकपुरधाम : मधेश प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान ११ बजे देखि जारी छ। आइतबार पनि प्रदेश तहका नेताहरुबिच छलफल भएको थियो।   स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित  जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदश पार्टी कार्यालयमा बैठक चलिरहेको छ। गठबन्धनमा आवद्ध दलका प्रदेश अध्यक्ष…

झापामा गठबन्धन र राप्रपाबीच तालमेल हुने

विराटनगर : आगामी स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन र राप्रपाबीच तालमेल हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा पाँचदलीय गठबन्धन र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच तालेमल हुने भएको हो।कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिह्नबाट लड्ने गरी गठबन्धन गर्ने निर्णय गरेलगतै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो।झापामा मात्रै तालमेल गर्ने लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए। तालमेल गर्

सत्तारुढ गठबन्धन बैठक : तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप

सत्तारुढ गठबन्धनको तालमेल र दलीय शक्तिको रिपोर्ट पठाउने समय थप भएको छ । यसअघि चैत मसान्तसम्म रिपोर्ट पठाउन भनिएकोमा अब ४ वैशाखसम्मको समय दिइएको छ ।   प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ...

कैलालीमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति नजिक

२३ चैत, धनगढी । स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनले कैलालीमा पनि तालमेल गर्ने भएको छ । बुधबार नेपाली का‌ंग्रेसको पार्टी कार्यालय धनगढीमा बसेको सत्तारुढ गठबन्धनको दोस्रो बैठकमा चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति भएको छ । तर नेकपा माओवादी केन्द्र बैठकमा सहभागी हुन नसकेका कारण निर्णय भने नभएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी […]

सत्ता साझेदार दल : चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफल

सत्तारुढ गठबन्धन आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको सत्ता साझेदारी दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशको आठवटै जिल्लास्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर यही चैत २२ गते मङ्गलबारसम्म प्रतिवेदन बुझाउन सबै जिल्लामा पत्राचार गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए।जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार

चुनावमा सत्तारुढ गठबन्धन दलहरू बिच तालमेल हुने : नेपाल

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल हुने बताएका छन् । सोमबार (आज) काठमाडौँको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए ।