भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ । भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् । राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेक...