कोरोना  जोखिम भत्ता नपाएपछि भीम अस्पतालमा कर्मचारीद्वारा ओपीडी सेवा बन्द

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले  आज बिहान देखि  ओपीडी सेवा बन्द गराएका  छन् । सरकारले घोषणा  गरेको  कोरोना जोखिम भत्ता असार मसान्तसम्म  पनि  नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने परेको  सङ्घर्ष समितिका संयोजक गोपाल उध्याध्यले  बताए । उनले रातोपाटीसँग भने -'अहिले शान्तिपूर्ण आन्दोलनमा छौ  सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे थप आन्दोलनमा जान्छौ  ।'उपाध्याय

सम्बन्धित सामग्री

कोरोना भत्ता माग्दै भीम अस्पतालको ओपीडी ३ घण्टा बन्द

१९ असार, बुटवल । कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन् । संघर्ष समिति गठन गरी दुई साता अघि नै पत्रकार सम्मेलन गरेर जोखिम भत्ता नपाए असार १६ देखि आन्दोलनमा […]