कोरोना जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन जारी

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । असार १७ गतेदेखि उनीहरुले दैनिक दुई घण्टा ओपीडी सेवा बन्द धर्ना दिँदै आएका छन् ।आफूहरुको मागबारे अझै सुनुवाइ नभएको संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले रातोपाटीलाई बताए । कर्मचारीहरूले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक रूपमा ओपीडी सेवा बन्द गरेर धर्ना दिँदै आएको उनको भनाइ छ ।भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन ब