कर्णाली प्रदेश सभाको बैठकमा सर्वाेच्च अदालतको आदेशबाट हालै पुनर्बहाली भएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइएको छ ।
सभामुख राजबहादुर शाहीले सोमवारको बैठकमा प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्बहाली भएका जानकारी दिए ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुख प्रतिपक्षी दलले भन्दैमा सरकारमा...