नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका १ सांसद सहभागी भएका छन् ।
बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका सांसद सुशील थापाले जानकारी दिए ।
प्रदेश सरकारमा सहभागी सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी भएनन् ।
प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ ।
मंगलवार बिहान दल बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।