एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढाल्ने खेल सुरु भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो ।
यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबारका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदलाई पनि बोलाइएको छ ।
सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद ध...