पुनर्बहाली भएका चार सांसदद्वारा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सहभागी हुन अस्वीकार

 नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् ।सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने भएका हुन्।प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौं ,