काठमाडौं : कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ।सर्वोच्च अदाललते बिहीबार कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध पुनरावलोकनमा जानका लागि पार्टीमा छलफल भइरहेको प्रवक्ता प्रदिप ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।त्यसका लागि पार्टीले निर्णय गरिनसकेको भए पनि छलफल भइरहेको उनले बताए। प्रवक्ता ज्ञवालीले अदालतको आदेशले सरकार वा पार्टीलाई अफ्ठेरो पर्यो भनेर नभई, दलीय