एमालेका चार सांसदको पुनर्बहाली भएसँगै कर्णाली प्रदेशमा सरकार परिवर्तनको कसरत

काठमाण्डौ - निलम्बनमा परेका नेकपा एमालेको खनाल–नेपाल समूहका कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा एकल सरकार बनाउने एमालेको तयारी छ ।  सर्वोच्च अदालतले प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अन्तरिम आदेश दिएसँगै नेकपा एमाले एक ठाउँमा भए मुख्यमन्त्री शाही अल्पमतमा हुनुहुन्छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभाम...

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलको होला त ‘इन्ट्री’ ?

आइतबार राष्ट्रिय राजनीतिमा बदलिएको समीकरणले कर्णाली प्रदेशमा पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा सत्तामा जाने परिस्थिति निर्माण गरिदिएको छ ।नेपाली कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा निरन्तरता पाउने सपनामा ‘ब्रेक’ लागेपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने लाइनमा सामेल भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ सांसद छन् ।आइतबारको समीक

कर्णाली प्रदेश: सरकार नेतृत्वको लागि केन्द्रको निर्णय पर्खदै

प्रत्यक्षसहित समानुपातिक सांसदको अन्तिम नामावली सार्वजनिक भईसक्दा कर्णाली प्रदेशमा सरकारको नेतृत्वको विषय पेचिलो बन्दै गइरहेको छ।...

कर्णाली प्रदेशसभामा ४ जना सांसदको पद रिक्त

काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिस‌िंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रात

कर्णाली प्रदेशसभा : फ्लोर क्रस गर्ने ४ सांसद पद के हुन्छ?

काठमाडौँ। कर्णाली प्रदेशमा पार्टीको ह्‍विपविपरीत महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार सांसदको पद खारेज हुन सक्नेछ। राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ मा पार्टीले ह्‍विप लगाउने र सो ह्‍विप सबै सदस्यले पालना गर्नुपर्ने उल्लेख छ। निर्देशन पालना नगर्ने सांसदको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिने व्यवस्था छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको एक सांसदको पद गयो

काठमाडौँ। माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मीको पद गएको छ। आज सुरु भएको कणाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले माओवादी केन्द्रले दिएको दल त्यागसम्बन्धी पत्र पढेर सुनाएसँगै रेग्मीको सांसद पद गएको हो।