सिद्धार्थ इन्स्योरेन्सले तीन महिनामै कमायो ५ करोड नाफा

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ५ करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

सम्बन्धित सामग्री

सानिमा जिआईसी इन्स्योरेन्सले गर्‍यो १०२ प्रतिशत बढी नाफा

काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ । गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले ६ महीनामा कमायो ९ करोडभन्दा बढी नाफा

माघ २७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा लाइफ इन्स्योरेन्सले रू. ९ करोड ३९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ५ करोड ५४ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको खुद नाफा ६९ दशमलव ३६ प्रतिशत बढेको हो ।  यस वर्ष कम्पनीको आम्दानी ८० दशमलव ८३ प्रतिशत बढेको छ भने ११९ दशमलव ९० प्रतिशत बढी खर्च भएको छ । कम्पनीले रू. १२ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ५८ लाखभन्दा बढी खर्च गरेको छ ।  कम्पनीले दोस्रो त्रैमाससम्म रू. १ अर्ब १७ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १३ करोड ८३ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २१ दशमलव ३३ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो भने ६१४ दशमलव ९२ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब रहेको छ भने जगेडा कोष रकम गत वर्षभन्दा ९३ दशमलव २९ प्रतिशत बढेर रू. ३३ करोड २३ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीको जीवन बीमा कोष रकम गत वर्षभन्दा ७३ दशमलव ५२ प्रतिशत बढी रू. २ र्ब ८२ करोड ९५ लाख पुगेको छ । वार्षिक प्रतिशेयर  आम्दानी रू. ९ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ३७ रहेको छ । यो पनि हेर्नुस् : सानिमा लाइफ इन्स्योरेन्सद्वारा ५८ करोड १५ लाख बीमाशूल्क आर्जन

३०% हकप्रद शेयर प्रयोजनका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

माघ १३, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।   नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँकी तयारी पूरा गरी जतिसक्दो छिटो कम्पनीको हकप्रद शेयर निष्कासनको मिति तय गरिने जानकारी दिएको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । सो अनुपातको आधारमा कम्पनीले रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।  २०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले दोस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यसअघि २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।  सो अवधिमा कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू. १३ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिमा कम्पनीले रू. १  अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. ४७ करोड २७ लाखभन्दा बढी दाबी भुक्तानी गरेको थियो ।  दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हालसम्म सार्वजनिक नगरेको कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ३० दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ७६ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९३६ रहेको छ ।  बुधवार भने कम्पनीको शेयरमूल्य मंगलवारको भन्दा प्रतिकित्ता रू. ३७ दशमलव ८० ले घटेको हो । यस दिन कम्पनीको रू. ७ करोड ८१ लाख ४५ हजार बराबरको ४० हजार ३११ कित्ता शेयर कारोबार भएको छ ।

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख नाफा, प्रतिशेयर आम्दानी रू. १९.४१

मंसिर १, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू. ५ करोड ४३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ५ करोड ७ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३६ करोड ७५ लाख ६४ हजार र बीमा कोषमा रू. १ अर्ब २ करोड ३३ लाख सञ्चित गरेको छ ।  त्यसैगरी चालू आवमा कम्पनीले रू. ६९ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू.१९ दशमलव ४१(वार्षिक), मूल्य आम्दानी अनुपात ४४ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३१ दशमलव १८ रहेको छ ।   यो पनि हेर्नुस् : ६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडद्वारा १५ .७८ % लाभांश घोषणा सिद्धार्थ इन्स्योरेन्सको नाफा २२.६७ % वृद्धि १ अर्ब बढी बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा भने कमी

युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि,  ३३०.३८५% ले बढ्यो नाफा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको २७औं वार्षिक साधारण सभाले सो विवरण सार्वजनिक गरेको हो ।कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैय

प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा,  १०.५३ % लाभांश प्रस्ताव

वैशाख १६, काठमाडौं । प्रभु इन्स्योरेन्सले जेठ ६ गतेका लागि २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा विहान ११ बजे आव्हान गरिएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ ।  सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यसवर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको बैठक भक्ता बृद्धि गर्ने विषय पनि सभामा छलफलका लागि तय भएको छ । चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंशाख २३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १०% लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले कुल चुक्तापुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र त्यत्तिनै बराबरको बोनसमा लाग्ने कर समेत गरी ५ प्रतिशत नगद लाभांश […]