रिलायबल लाइफ इन्स्योरेन्सले कमायो रू. १८ करोड ५ लाख नाफा, कुल बीमाशुल्क आर्जन ५२% बढ्यो

माघ २५, काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १८ करोड ५ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १ दशमलव ४ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड ७९ लाख नाफा कमाएको थियो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड २६ लाख आम्दानी गर्न सफल भएको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २० करोड ९२ लाख आम्दानी गरेको थियो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने जगेडामा रू. १ अर्ब र जीवन बीमा कोषमा रू. ३ अर्ब ६१ करोड सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. २ अर्ब ५ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३४ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ७ हजार १०० जनालाई रू. ५८ करोड ४८ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ७९ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ८५ रहेको छ ।  यो पनि हेर्नुस् : प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको रिलायबल नेपालको नाफा साढे २२ करोड

सम्बन्धित सामग्री

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ ।रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ ।धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर २१२ रुपैयाँ […]

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]

तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन १९, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।  रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।