सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख नाफा, प्रतिशेयर आम्दानी रू. १९.४१

मंसिर १, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू. ५ करोड ४३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ५ करोड ७ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३६ करोड ७५ लाख ६४ हजार र बीमा कोषमा रू. १ अर्ब २ करोड ३३ लाख सञ्चित गरेको छ ।  त्यसैगरी चालू आवमा कम्पनीले रू. ६९ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू.१९ दशमलव ४१(वार्षिक), मूल्य आम्दानी अनुपात ४४ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३१ दशमलव १८ रहेको छ ।   यो पनि हेर्नुस् : ६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडद्वारा १५ .७८ % लाभांश घोषणा सिद्धार्थ इन्स्योरेन्सको नाफा २२.६७ % वृद्धि १ अर्ब बढी बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा भने कमी

सम्बन्धित सामग्री

सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी माघमा बढ्यो

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी माघमा बढेको छ । पुस मसान्तसम्म ९० लाख ६८ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना माघ मसान्तसम्म भने ३ करोड ७ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । जम्मा आम्दानी १ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको योजनाको जम्मा खर्च भने १ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको छ । माघमा योजनाको प्राप्त भइनसकेको आम्दानी रकम बढेसँगै नोक्सानी बढेको हो । पुस मसान्तसम्म ५ करोड रूपैयाँभन्दा बढी रहेको प्राप्त भइनसकेको आम्दानी माघ मसान्तसम्म ७ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको प्रति इकाई खुद मूल्य माघ मसान्तसम्म ९ रूपैयाँ ८३ पैसा रहेको छ । यो मूल्य पुस मसान्तसम्म ९ रूपैयाँ ९७ पैसा रहेको थियो । बन्दमुखी प्रकृतिको यस योजनाले १५ करोड इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म बैंक मुद्दति निक्षेप समेत धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ४८ करोड ८५ लाख ३० हजार रूपैयाँ रहेको छ । माघ मसान्तसम्म योजनाको लगानीको बजारमुल्य भने १ अर्ब २८ करोड ९० लाख ६१ हजार रूपैयाँभन्दा बढी छ । योजनाको लगानीको परलमूल्यभन्दा बजारमूल्य कम कायम भएको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

भगवती हाइड्रोपावरले मंगलवारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलि (मंगलवार)देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आईपीओ विक्री गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यीबाहेक पनि १७ हजार १६२ कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरी ७ लाख १२ हजार २२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा भदौ ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १९ गतेसम्म विक्री अवधि तोकिएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमा नै बिक्दै आएको अवस्थालाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधि भदौ ८ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।  कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने  केयर एनपि त्रीपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुर खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रुपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । वास्तविक अवस्था अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा छ ।

दोर्दी खोला जलविद्युतले स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट

जेठ १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले  आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म विक्री गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता शेयर जेठ १२ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।  आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

अन्तिम दिनसम्म ६९% मात्र बिक्यो दोर्दी खोला जलविद्युतको आईपीओ

जेठ ५, काठमाडौं । वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ६९ प्रतिशत मात्र आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म २ हजार ८१० जना आवेदकहरुले ७ लाख २८ हजार ११० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।  यो आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

दोर्दी खोला जलविद्युतको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

जेठ ५, काठमाडौं । वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । शेयर खरीद गर्न इच्छुक स्थानीयहरुले बिहीवार कार्यालय अवधिभित्र आवेदन दिनु पर्नेछ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १०० अंकित दरका रू. १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

फागुन मसान्तमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै फण्डको एनएभी घट्यो

चैत १३, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना र सिद्धार्थ इक्विटी फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुबै फण्डको एनएभी माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको एनएभी माघ मसान्तसम्ममा रू. १० दशलमव १२ रहेकोमा फागुन मसान्तसम्ममा रू. ९ दशलमव ८० कायम भएको हो । त्यसैगरी सिद्धार्थ इक्वीटी फण्डको एनएभी  माघ मसान्तसम्ममा रू.१३ दशलमव ९५ रहेकोमा फागुन मसान्तसम्ममा रू. १३ दशलमव ४६ कायम भएको हो । माघ मसान्तको तुलनामा फागुन मसान्तमा उक्त फण्डको नोक्सानी बढेको छ । माघ मसान्तसम्ममा रू. ५ करोड ८८ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी फागुन मसान्तसम्ममा बढेर  रू. १३ करोड २५ लाख पुगेको छ । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी रू.१० करोड ६४ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. १ अर्ब ६४ करोड रहेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. १ अर्ब ६७ करोड थियो । त्यसैगरी सिद्धार्थ व्यवस्थित लगानी योजनाले माघ मसान्तसम्ममा रू. २५ लाख ६३ हजार नाफा कमाएकोमा फागुन मसान्त सम्ममा रू. ४१ लाख ७ हजार नोक्सानी व्यहोरेको हो । फागुन महीनामा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । माघ मसान्तसम्ममा फण्डले रू. ६४ लाख २ हजार आम्दानी गरेकोमा फागुन मसान्तमा रू. ४४ हजारमा झरेको हो । त्यसैगरी फण्डको माघ मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी रू. १४ करोड ३४ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा रू. १४ करोड ५ लाख रहेको छ ।

वैशाखमा सिद्धार्थ म्युचुअल फण्डका दुबै योजनाको धितोपत्रको लगानीमूल्य वृद्धि

जेठ ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डका दुबै योजना सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को धितोपत्रको लगानीमूल्य बढेको छ ।  गत चैत महीनाको तुलनामा वैशाख महीनामा दुबै योजनको धितोपत्र लगानीमूल्यमा वृद्धि भएको हो । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो योजना सिद्धार्थ इक्वीटी फण्डको गत महीना रू. १ अर्ब ७३ करोड ३५ लाख ३ हजार रहेको बैंक मुद्दती निक्षेप र धितोपत्रमा लगानी मूल्य यो महीना रू. १ अर्ब ९० करोड ८६ लाख ७३ हजार कायम भएको छ ।  गत महीनाको तुलनामा यस महीनामा योजनाले बैंक मुद्दती निक्षेपसहित धितोपत्रमा गरेको लगानीको मूल्य १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्म योजनाले यी शिर्षकमा गरेको परल मूल्य ब्रोकर कमिसनसहित रू. १ अर्ब ३१ करोड ९ लाख ६० हजार रहेको छ । योजनाको प्रतिइकाई खुद मूल्य चैत मसान्तसम्म रू. १६ दशमलव ९९ रहेकोमा वैशाख मसान्तसम्म रू. १६ दशमलव ७५ रहेको छ । उक्त योजनाको नाफा भने यस महीना घटेको छ । योजनाले वैशाख मसान्तसम्म रू. ९६ करोड ९० लाख ८५ हजार नाफा गरेको छ । यो नाफा चैत मसान्तसम्म रू. १ अर्ब ५ करोड ३ लाख ८३ हजार थियो । चैत महीनाको तुलनामा उक्त योजनाको नाफा वैशाख महीनामा ३ दशमलव ६१ प्रतिशत घटेको हो । चैत महीनाको भन्दा वैशाखमा योजनाको आम्दानी कम र खर्च बढी भएकाले नाफामा कमि आएको हो । चैत महीनामा रू. १ अर्ब ३ करोड २६ लाख २५ हजार आम्दानी गरेको उक्त योजनाले रू. २ करोड ७२ लाख ४२ हजार खर्च गरेको थियो । वैशाख महीनामा भने योजनाले रू. १ अर्ब ९५ हजार आम्दानी गरेको छ भने रू. ३ करोड १० लाख ९ हजार खर्च गरेको छ । योजनाको यस अवधिसम्म प्राप्त भइसकेको आम्दानी रू. ४६ करोड ८८ लाख ५६ हजार रहेको छ भने प्राप्त भइनसकेको आम्दानी रू. ५३ करोड १२ लाख ३८ हजार रहेको छ । उक्त क्यापिटलको व्यवस्थापनमा सञ्चालित दोस्रो योजना सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को नाफा गत महीनाको भन्दा यो महीना ४ दशमलव २६ प्रतिशत घटेको छ । गत महीना रू. ८१ करोड ४८ लाख ३१ हजार नाफा गरेको योजनाले यस महीना रू. ७८ करोड ७९ हजार नाफा गरेको छ । सो योजनाको पनि यस महीनामा आम्दानी कम र खर्च बढी भएकाले नाफामा असर परेको हो ।  सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले गत महीना रू.८३ करोड ६८ लाख १४ हजार आम्दानी गरेकोमा यस महीना रू. ८० करोड ५१ लाख ३९ हजार मात्र आम्दानी गरेको छ ।  यस अवधिसम्म योजनाको प्राप्त भइसकेको आम्दानी रू. ३९ करोड १८ लाख ११ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ४१ करोड ३३ लाख २८ हजार रहेको छ । गत महीना रू. २१ करोड ९ लाख ८३ हजार खर्च गरेको योजनाले यस महिना रू. २५ करोड ६० हजार खर्च गरेको छ ।  धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्धेश्यसहित सञ्चालित उक्त योजनाको पनि धितोपत्र लगानी मूल्य यस महीना बढेको छ । बजार गत महीना रू. १ अर्ब ३९ करोड ५५ लाख ७१ हजार रहेको धितोपत्र लगानी मूल्य यस महीना रू. १ अर्ब ५२ करोड ११ लाख ८८ हजार पुगेको छ । यसमध्य योजनाले बैंक मुद्दती निक्षेपमा रू. १२ करोड लगानी गरेको छ । गत महीना यो रकम रू. ४ करोड रहेको थियो ।  उक्त  योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर, डिबेन्चर तथा मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसमेत रू. १ अर्ब १ करोड ४९ हजार ९० हजार रहेको छ । लगानीमूल्य भने योजनाको बजारमूल्य बढी रहेको छ ।  उक्त योजनाको प्रतिइकाई खुद मूल्य रू. १७ दशमलव शून्य ८ रहेको छ । यो मूल्य गत महीना रू. १७ दशमलव ३७ रहेको थियो ।