काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् ।सर्लाही– ४ का सांसद समेत रहेका सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग पनि गरेका छन् । उनले सभापति देउवाले परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।‘नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रीज्यूले म