सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीलाई फकाउन २ प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ ।
मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको एकीकृत समाजवादीलाई बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री दिएर फकाउने प्रयास गठबन्धनका नेताहरूले गरेका छन् ।
मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा बिहीवार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
प्रभावशाली मन्त्रालय नपाएको भन्दै बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि राखेको स्रोतले बताएको छ ।
अध्यक्ष नेपालको असन्तुष्टि सम्बोधन गर्नका लागि २ प्र...