हेटौंडा : बागमती प्रदेशमा चौथो पटक मुख्यमन्त्री परिवर्तनका लागि दौडधुप शुरु भएको छ।सत्तारुढ गठबन्धनमा बागमती प्रदेश सरकारको आधाआधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै चौथो पटक मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप शुरु भएको हो। बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ।गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे गत कात्तिक ११ गते बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका