बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएक