हेटौंडा : नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम