पहिलो त्रैमाससम्म आँखुखोला जलविद्युतले कमायो करीब ९७ करोड नाफा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म ९६ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष २ करोड ७३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । कम्पनीको आम्दानी यस वर्ष घटेको छ । गत वर्ष ७ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको कर्जा तथा सापटी १ अर्ब २० करोड २६ लाख रुपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यस अवधिसम्म १ अर्ब २६ करोड २३ लाख रुपैयाँभन्दा बढी थियो । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७० रुपैयाँ ३३ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

आँखुखोला जलविद्युतले १५० प्रतिशत मात्र हकप्रद विक्री गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्तावको रूपमा पेश गर्नेछ । साधारण सभाबाट पारित भई नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ ।  यसअघि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत् विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।

आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरेको हो । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव पहिलो चरणमा विद्युत् नियमन आयोगबाट स्वीकृति पाउनुपर्नेछ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनुपर्नेछ । २०० प्रतिशत हकप्रद शेयर विक्रीबाट प्राप्त हुने रू. १ अर्ब ६० करोडमध्ये रू. ९६ करोड रकम २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा स्वपूँजीको रूपमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । योबाहेक बाँकी रकम यस कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गर्ने निणर्य पनि कम्पनीले गरेको छ ।  कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

आँखुखोला जलविद्युत कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १२ गते बानेश्वर स्थित अपर्ण ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । जेठ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव (क) सामान्य प्रस्ताव(१) संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । (३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । कम्पनी ऐन, २०६३ को दफा ११२ अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणका लागि नियूक्त लेखापरिक्षक एन.थापा एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टटेन्स् को नियूक्ती अनुमोदन गर्ने । (४) विविध। (ख) विशेष प्रस्ताव (१) सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समुह शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि ४ जना संचालकहरुको चयन/निर्वाचन गर्ने । (२) विविध ।

आँखुखोला जलविद्युतको नाफा १६८ % ले बढ्यो

वैशाख १७, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १६८ दशमलव ५७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. १ करोड १३ लाखभन्दा बढी थियो ।  गत वर्ष रू. १४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो । आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा यस वर्ष १४ दशमलव ८० प्रतिशत बढेसँगै नाफामा बृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ भने जगेडा कोष रकम रू. २३ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । ऋणात्मक रकम भने गत वर्षभन्दा यस वर्ष ६ दशमलव २८ प्रतिशत कम भएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य ८ रहेको छ । कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नु होला

दोस्रो त्रैमासमा आँखुखोला जलविद्युतले कमायो ३ करोड ७७ लाखभन्दा बढी नाफा

माघ ९, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७७ लाख ७५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड १ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १२ करोड १६ लाख २८ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड ६५ लाख ७६ हजार पुगेको हो ।  त्यसैगरी, कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशलमव ८० रहेको छ ।

पहिलो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीको नाफा रू.३ करोड ३० लाख

कात्तिक १४, काठमाडौं । आँखोखोला जलविद्युत् कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ३० लाख २० हजार नाफा कमाएको छ ।  यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने २ दशमलव ४ प्रतिशतले घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ३८ लाख नाफा कमाएको थियो ।  गत आवको पहिलो त्रैमासमा रू. ७ करोड ८९ लाख ८४ हजार आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.८ करोड २० लाख ७५ हजार पुर्‍याएको हो ।   कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१६ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ३४ रहेको छ ।

आँखुखोला जलविद्युत् कम्पनीले कमायो १० लाखभन्दा बढी नाफा

साउन २६, काठमाडौं ।  आँखुखोला जलविद्युत् कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १० लाख ५२ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनी रू. ३ करोड १० लाख नोक्सानीमा थियो ।  गत आवमा ह्रासकट्टी खर्च घटेका कारण कम्पनीको नाफामा सुधार आएको हो । अघिल्लो आवमा कम्पनीको ह्रासकट्टी खर्च रू. ८ करोड २० लाखबाट घटेर गत आवमा रू. २ करोड ८५ लाखमा सीमित भएको हो । सोही कारण अघिल्लो आवमा नोक्सानीमा रहेको कम्पनी नाफामा आएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी भने १४ प्रतिशतले कमि आएको छ ।अघिल्लो आवमा विद्युत् विक्री बापत रू. २२ करोड ६२ लाख ७० हजार आम्दानी गरेको उक्त कम्पनीको आम्दानी गत आवमा घटेर रू.१९ करोड ३५ लाख ७८ हजारमा सीमित भएको छ ।  चुक्तापूँजी रू.८० करोड रहेको उक्त कम्पनीको जगेडा कोष भने रू. २६ करोड २२ लाख ९८ हजार ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव २१ पैसा रहेको छ ।