आँखुखोला जलविद्युतले १५० प्रतिशत मात्र हकप्रद विक्री गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्तावको रूपमा पेश गर्नेछ । साधारण सभाबाट पारित भई नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ ।  यसअघि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत् विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।

सम्बन्धित सामग्री

हकप्रद सेयर आवश्यकता कि बाध्यता ?

पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबका दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । भटाभट हकप्रद सेयरहरू जारी भइरहेका कारण सेयर बजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयर बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी […]

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निकाल्दै

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि बैंकले बोर्डमा आवेदन दिएकोमा शुक्रबार स्वीकृत भएको छ ।

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।

अपि पावरको हकप्रद आजदेखि

काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।

अपि पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।