पहिलो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीको नाफा रू.३ करोड ३० लाख

कात्तिक १४, काठमाडौं । आँखोखोला जलविद्युत् कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ३० लाख २० हजार नाफा कमाएको छ ।  यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने २ दशमलव ४ प्रतिशतले घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ३८ लाख नाफा कमाएको थियो ।  गत आवको पहिलो त्रैमासमा रू. ७ करोड ८९ लाख ८४ हजार आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.८ करोड २० लाख ७५ हजार पुर्‍याएको हो ।   कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१६ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ३४ रहेको छ ।   

सम्बन्धित सामग्री

यस वर्ष करिब ४३ प्रतिशत घट्यो आँखु खोला जलविद्युतको नाफा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ६६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो ।  यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत घटेसँगै खुद नाफामा असर परेको हो । गत वर्ष १२ करोड २३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष भने १० करोड ७६ लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । सञ्चालनबाट आम्दानी गत वर्ष ७ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७ करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्षभन्दा यस वर्ष वित्तीय खर्च बढी भएको छ । गत वर्ष ५ करोड ३० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च भएकोमा यस वर्ष ५ करोड ७२ लाख रूपैयाँभन्दा बढी यो खर्च भएको हो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ छ भने जगेडा कोष रकम २३ करोड १८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । कर्जा सापटी गत वर्ष ५ करोड ६० लाख रूपैयाँ रहेकोमा यस वर्ष ८ करोड २९ लाख रूपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रूपैयाँ छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मङ्सिर ४ गतेदेखि आउनेछ ।  नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९६ दशमलव १४ देखि २८८ दशमलव ४२ सम्मको ओपन रेञ्ज प्रदान गरेको छ । यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।  कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजागारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूलाई निष्कासन गरेको ३० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  कम्पनीको स्टक सिम्बोल एमएमकेजेएल रहेको छ । शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौं नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।

रुरु जलविद्युत परियोजनाले पहिलो त्रैमासमा कमायो ३ करोड ६४ लाख नाफा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ दशमलव १५ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ३ करोड ३९ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड ३० लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात २६ दशमलव ५५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ०४ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

माथिल्लो मैलुङ खोलाको आईपीओ बिहीवारदेखि विक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलि (बिहीवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको १० लाख कित्ता आईपीओमध्ये ९ हजार २०० कित्ता आईपीओसमेत सर्वसाधारणमा थप भएको छ । त्यस्तै सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कम्पनीले पहिलो चरणमा साउन ४ देखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी भदौ १८ गते बाँडफाँट गरेको थियो । यस्तै स्थानीयमा साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरी असोज १ गते बाँडफाँट गरेको थियो ।  कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । विक्री अवधि छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ समेत छिटो अवधि असोज २२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ सर्वसाधारणले खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो ।  स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत जोडेर सर्वसाधारणमा विक्री खुला गरिएको हो ।  वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यीबाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको छ । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार ३१ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो ।  आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ छ ।  अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रुपैयाँ नै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी भने ५२ करोड रुपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीमा हाल संस्थापकतर्फ ६५ प्रतिशत शेयर स्वामित्व  छ । आयोजना प्रभावित र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १३ करोड ४१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । चालू आर्थिक वर्ष ०८०/८१ भित्र सञ्चित नोक्सानी घटाएर १३ करोड ३० लाख रुपैयाँमा झार्ने प्रक्षेपण कम्पनीले गरेको छ । वास्तविक प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ रहेको कम्पनी ८ रूपैयाँ ३७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको देखिन्छ । तीन आर्थिक वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १३ दशमलव ७८ प्रतिशत ऋणात्मक छ । चालू आर्थिक वर्षभित्र नेटवर्थमा औसत प्रतिफल ३ रुपैयाँ ३५ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको छ ।

रुरु जलविद्युत परियोजनाको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्ता छन् अन्य सूचक

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड ३० लाख नाफा कमाएकोमा गत आवमा रू. ६ करोड ८८ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १६ करोड १९ लाख आम्दानी ग।रेकोमा गत आवमा घटेर रू. १३ करोड ४९ लाखमा झरेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७६ पैसा रहेकोमा गत आवमा घटेर १३ रुपैयाँ ९५ पैसामा झरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २८ छ । चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू.१५ करोड ९२ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एचआईडिसीएलले भन्यो ' वार्षिक न्युनतम १० प्रतिशत प्रतिफल प्रदान गर्ने लक्ष्य छ'

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले कम्पनीका लगानीकर्तालाई वार्षिक प्रतिफल दिने जनाएको छ । आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा कम्पनीको गतिविधि एवम् भावी गन्तब्य समबन्धि झलक प्रकाशन गर्दै दीघकालीन लक्ष्यमा कम्पनीले कम्पनीका शेयरधनीहरुलाई वार्षिक न्युनतम १० प्रतिशत दिर्घकालिन प्रतिफल प्रदान गर्ने गरि वित्तीय स्रोतको ब्यबस्थापन गर्ने जनाएको हो । त्यस्तै कम्पनीले आगामी दश बर्षको दिर्घकालिन लक्ष्य बमोजिम निर्धारण गरिएको जनाएको छ।१. कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत शेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना (Portfolio) तयार गर्ने ।२. करिब १० हजार मेगाबाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा रु. १५० अर्ब बरावरको लगानीमा कम्पनीको संलग्नता रहने। ३ .कम्पनीको पूंजी कोषमा न्यूनतम तीन गुणा लचकता (Leverage) कायम गर्ने गरी शेयर पूंजी बापत रु. ४० अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १२० अर्ब सहित कुल रु. १६० अर्व वित्तीय स्रोतको परिचालन गर्ने ।४. परिचालन भएको बित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्ने।५. कम्पनीका शेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने ।कम्पनीको प्रमुख उपलब्धि तथा गतिविधिहरु • १३ वटा जलविद्युत आयोजनामा रु. १५ अर्ब ७३ करोड कर्जा लगानी प्रतिबद्धता गरिएकोर सो प्रतिवद्धतामध्ये हालसम्म रु. ६ अर्ब ७७ करोड कर्जा प्रवाह भएको। • १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिब रु. ९ अर्ब लगानी प्रतिवद्धता भइ हालसमम्म रु. २ अर्ब ६८ करोड शेयर लगानी प्रवाह भएको। • नेपाल विद्युत प्राधिकरणबाट अघि बढाईएका अपर अरुण (१०६१ मेघावाट), चैनपुर सेती (२१० मेगावाट) लगायत विद्युत उत्पादन कम्पनीबाट अघि बढाइएका ठुला आयोजनाहरुको वित्तीय व्यवस्थापनमा यस कम्पनीको नेतृत्वमा गर्ने गरी प्रक्रिया अघि बढाइएको। • विभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरुसंग वित्तीय स्रोत परिचालन र जलविद्युत आयोजनाको लगानीमा सहकार्य गर्ने सम्बन्धमा छलफल अघि बढाइएको। • सहायक कम्पनीहरु मार्फत अघि बढाइएका आयोजनाहरुको पूर्व तयारीका अधिकांश कार्यहरु सम्पन्न भई सकेको।हाल कम्पनीको अधिकृत पुँजी रू.५० अर्ब, जारी पुँजी रू.२३ अर्ब ४९ करोड ६० लाख र चुक्ता पुंजी २० अर्ब १९ करोड ६० लाख रहेको छ । प्रवद्धक संस्थाहरूले खरिद नगरेको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर अन्य संस्थापक समुहमा वर्गिकरण गरी लिलाम बिक्रीको प्रक्रियामा रहेको छ । पुँजी संरचनामा नेपाल सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको ५ प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ५ प्रतिशत, अन्य संस्थापक समुहको १५ प्रतिशत र सर्वसाधारण समुहको २० प्रतिशत रहेको।

मुख्यमन्त्री राईको खातामा ८६ लाख नगद, कानून मन्त्रीको बजारभरी घडेरी

माघ ६, विराटनगर । प्रदेश  नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पत्तीको बैंक खातामा ८६ लाखभन्दा बढी नगद रहेको खुलेको छ । मुख्मयन्त्री राईले पेश गरेको सम्पत्ती विवरणमा उक्त बराबरको नगद रहेको उल्लेख गरेका छन् । यद्यपि मन्त्रीहरूले पेश गरेकोभन्दा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ र आफ्नो नाममा दुई ओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ । राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व विक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । केदार कार्कीको बजारभरी घडेरी यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ । विराटनगर महानगरपालिका–७ को मुख्य बजार क्षेत्रमा ६ ओटा घडेरी र विराटनगर–९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ । बुढीगंगा गाउँपालिका–२ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकको जागिरे हुन् । बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् । विराटनगरको सात ओटा ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरिद गरेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ । आर्थिक मामिलामन्त्री आङ्बोले बढाए ४२ लाख ऋण आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् । दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० ओटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् । फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ । आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए । मन्त्री हिमाल कार्कीको साढे ९ बीघा जग्गा, ४० लाख बचत भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करीब साढे ९ बीघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बीघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई ओटा भैंसी, कुखुराको फर्म र ३ ओटा माछा पोखरी पनि छ । जयरामको काठमाडौंमा घर सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् । यादवको काठमाडौं महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ । काठमाडौंको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ । यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख रुपैयाँ लगानी छ । त्यसबाहेक विभिन्न ८ ओटा कम्पनीको शेयर किनेका छन् । ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका यादवले गाईभैंसी, पाडापाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तुम्बाहाङ्फेको १० धुर घडेरी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

३२ अंकले बढ्यो नेप्से

सोमवार शेयर बजारमा ३२ अंकको वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढ्दै सोमवार २६१६.९४ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ परिसूचक ५.८६ अंकले बढ्दै ४८७.८७ विन्दुमा पुगेको छ ।  यस दिन २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन १४९ कम्पनीको शेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । सोमवारको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ ...