आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

आँखुखोला जलविद्युत कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १२ गते बानेश्वर स्थित अपर्ण ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । जेठ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव (क) सामान्य प्रस्ताव(१) संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । (३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । कम्पनी ऐन, २०६३ को दफा ११२ अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणका लागि नियूक्त लेखापरिक्षक एन.थापा एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टटेन्स् को नियूक्ती अनुमोदन गर्ने । (४) विविध। (ख) विशेष प्रस्ताव (१) सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समुह शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि ४ जना संचालकहरुको चयन/निर्वाचन गर्ने । (२) विविध ।

सम्बन्धित सामग्री

रुरु जलविद्युतको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव:क) साधारण प्रस्ताव : १) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७८/०७९ अवधिको वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा । ३) लेखा परीक्षण समितिको सिफारिस अनुसार आ.व.२०७९ ०८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ व. २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको ०.५२६३ % (प्रतिशत) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागी) वितरण प्रस्ताव पारित गर्ने । ५) संचालक समितिको सेवा सुविधा सम्बन्धमा । ख) विशेष प्रस्ताव : १) बोनस शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने । २) आ.व. २०७८/०७९ अवधिको मुनाफा बाट १०% (दश प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । ३) नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । ग) विविध ।

कुथेली बुखरी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन तथा लाभांश प्रस्ताव

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते सभा आह्वान गरेको हो ।सभामा लाभांश पारित गर्ने, आईपिओ निष्काशन गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव : (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तति र सोको अनमोदन गर्ने सम्बन्धमा । (२) लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७४।०७९ को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साल आषाढ मसान्तसम्मको वासलात, २०७८ साल श्रावण १ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा । (३) आ.व.२०७९/०८०  को लेखापरीक्षण गर्न लेखापरीक्षक नियक्त गरी  निजको पारीश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (४) संचालकज्यूहरुको बैठक भत्ता तोक्ने सम्बन्धमा ।बिशेष प्रस्ताब : (१) संचालक समितिको राजीनामा स्विकृती तथा संचालक नियुक्ती सम्बन्धमा। (२) नियमावली संसोधन गर्ने सम्बन्धमा । (३) आ.व. २०७८/०७९ को खुद मुनाफा सहितको संचितीवाट आफ्ना शेयर धनिहरुलाई संचालक समितीको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकत गर्ने।   (४) शेयरको सार्वजनिक निष्काशन बाट प्राप्त पुंजीको उपयोग सम्बन्धमा ।

सगरमाथा र माईखोला हाइड्रोले आईपिओ अगाडी नै लाभांश दिने, साधारणसभा आह्वान

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले साउन २५ गते अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेका हुन् ।दुवै कम्पनीको साधारणसभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।यस्ता छन् दुवै कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ।सगरमाथा जलविद्युतको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपरछलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा। (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।माईखोला हाइड्रोको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा । (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।

रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ४ प्रस्ताव

रसुवागढी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।कम्पनीको सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको आ.ब. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.ब. २०७७/०७८ को आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आ.ब. ०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।‘आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

चिलिमेको साधारणसभा आह्वान, यस्ता छन् ६ बुँदे प्रस्ताव

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार महाराजगंज स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।   सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : १.सञ्चालक समितिको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने वारे। २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.व. २०७७/०७८ को नाफा/ (नोक्सान हिसाव तथा नगदप्रवाह विवरण (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे।३. आ.व. २०७४/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे।४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको आधारमा आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ७.५% नगद लाभांश वापत रू.४७१०,५५,४४२/४६ (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत बितरण गर्ने स्वीकृति सम्बन्धमा।विशेष प्रस्तावः १. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने। २. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.४७,१०,५५,४४२/४६ वरावरको वोनश शेयर बितरण गर्ने स्वीकृति सम्बन्धमा।