बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रस