बाँसबारीकी २४ वर्षीया श्रेया सिंह (नाम परिवर्तन) हातमा माटोको सानो घैला बोकेर उभिएकी थिइन्, बुवाको अस्तु थाप्न। अनुहार मास्क र भाइजरले ढपक्क ढाके पनि उनको आँखामा टिलपिलाइ रहेको आँशु प्रष्ट देखिन्थ्यो।
अन्तिम अवस्थामा बुवा नजिक जान नपाउनुको पीडा, अनि भक्कानो छुट्दा परिवारका कसैलाई अंगालेर रुन नपाउनुको छट्पटाहटमा पिल्सिइरहेकी थिइन उनी।…