हेटौंडा : एक अधबैँशे पुरुष सोमबार बागमती प्रदेशको सामाजिक विकासमन्त्रीको सचिवालयबाट मलिनो अनुहार लिएर निस्किँदै थिए।उनको मलिनो अनुहार देखेर सामाजिक विकासमन्त्रीको स्वकीय सचिवले के पीर पर्यो? भनेर सोधे।रसाएका आँखा र राताम्मे बनेको उनको अनुहारले केही राहत मिलेको अनुभूति महशुश गरेको आभाष भयो।आफू रामेछापबाट खानेपानीको योजना लैजान हेटौंडा आएको ती पुरुषले सुनाए।आइतबार करिब १६ घण्टाको यात्रा गरेर रामेछापको उमाकुण्ड गाउँपालिका–४ बाट कैलाश दर्जी आफ्नो दमाई बस्तीमा खानेपानीको योजना लैजान