नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेको बिहीबार नै शपथ हुने सम्भावना छ ।
गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ ।
स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।
गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको छ । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पू...