बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि आमनिर्वाचन सम्पन्न भइसकेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट केही नयाँ र केही पुराना अनुहार संसद्को दोस्रो कार्यकालका लागि प्रदेशसभामा आउँदैछन् ।तर, विगत २ वर्षदेखि निर्माण सुरु गरिएको अस्थायी प्रदेशसभा सचिवालयको भवनले भने पूर्णता पाउन सकेको छैन । निर्धारित समयमा उक्त भवनले पूर्णता नपाउँदा आगामी केही दिनमै बस्ने प्रदेशसभाको बैठक पुरानै भवनमा हुने निश्चित भएको छ ।प्रदेश सरकार गठनको पाँच वर्ष पूरा भए पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदे