सियोरालियोनमा तेल ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सरकारले मृतकहरुको यकिन तथ्यांक सार्वजनिक नगरेपनि राजधानी मर्गुको केन्द्रिय फ्रिटाउनका एक व्यवस्थापकले ९१ वटा शवहरु आफूले व्यवस्थापन गरेको बताए । घाइते भएका सयभन्दा बढी मानिसहरु उपचारका लागि राजधानी सहर वरपरका अस्पताल र क्लिनिकमा भर्ना भएका छन् । […]