एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा …

सम्बन्धित सामग्री

दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाका लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई आज (बुधबार) अख्तियारको टोलीले राजविराज नगरपालिकाको त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सेवाग्राहीबाट घुसवापत लिइएको दुई लाख रुपैयाँ नगर र तीन लाख […]

तीन लाख बढी नगद र ७ लाख ५० हजारको चेकसहित कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र  ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।आयोगले शुक्रवार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो । उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेक पनि पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार  खतिवडामाथि थप अनुसन्धान भइरहेको छ ।

जननमुना माविको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ स्थित जननमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्नावापत विद्यार्थीहरुबाट शुल्क लिएको आशंकामा नगद सहित कागजात नियन्त्रणमा लिएको छ ।अदालतको आदेश विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएको भन्ने उजुरीका आधारमा बुधबार अख्तियारको टोलीले नगद रु. २ लाख ७६ हजार ६९० सहित कागजात नियन्त्रणमा लिएको हो । यसअघि जननमुना माविलाई […]

३ लाख घुससहित प्रधानध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौं, ३० चैत्र । रौतहटको श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई अख्तियारले नियन्त्रणमा लिएको छ। प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई ३ […]

एक लाख ३५ हजार घुससहित ३ जना अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतसहित ३ जनालाई १ लाख ३५ हजार घुससहित पक्राउ गरेको छ ।  बिहीबार बस्नेतसहित ३ जनालाई काठमाडौको चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको आयोगल

घुससहित विद्युत सव-स्टेसन पाटन प्रमुख अख्तियारको नियन्त्रणमा

नेपाल बिद्युत प्राधिकरणको ग्रिड महाशाखा सव-स्टेसन पाटनमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी  एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार  रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घुस रकमसहित पक्राउ परेका पहाडीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

दुई लाख घुससहित काठमाडौं महानगरका वडा सदस्य अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई घुससहित नियन्त्रणमा लिएको छ ।  सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले महर्जनलाई काठमाडौंको कलंकी खसीबजारबाट नियन्त्रणमा लिएको हो ।  दुई लाख घुससहित वडा सदस्य महर्जनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाइ छ ।

मालपोत कार्यालयका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ

बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो । जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै जितपुरका एक सेवाग्राहीसँग घुस लिएपछि खनाल अख्तियारको नियन्त्रणमा पुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस ...

सिमराका निमित्त मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ

बारा । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो । उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबा