नेपाल बिद्युत प्राधिकरणको ग्रिड महाशाखा सव-स्टेसन पाटनमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
घुस रकमसहित पक्राउ परेका पहाडीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।