अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।आयोगले शुक्रवार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो । उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेक पनि पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार खतिवडामाथि थप अनुसन्धान भइरहेको छ ।