दुई लाख घुससहित काठमाडौं महानगरका वडा सदस्य अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई घुससहित नियन्त्रणमा लिएको छ ।  सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले महर्जनलाई काठमाडौंको कलंकी खसीबजारबाट नियन्त्रणमा लिएको हो ।  दुई लाख घुससहित वडा सदस्य महर्जनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाइ छ ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य २ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिने काठडमौं महानगरपालिकाका एक जना वडा सदस्यलाई नियन्त्रणमा दिएको छ । महानगरपालिकाका वडा नम्बर १४ का एक वडा सदस्य वसन्त महर्जनलाई अख्तियारको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगले जनाएको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र […]