बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् ।
निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।
जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै जितपुरका एक सेवाग्राहीसँग घुस लिएपछि खनाल अख्तियारको नियन्त्रणमा पुगेका हुन् ।
जग्गा पास गर्ने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलाई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस ...