अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलमा कार्यरत खरिदार लक्ष्मण बस्नेतसहित ३ जनालाई १ लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । बिहीबार बस्नेतसहित ३ जनालाई काठमाडौको चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको आयोगल