घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुप