एनएमबि बैंकद्धारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक […]

सम्बन्धित सामग्री

वीरलाई बजेट दिन मन्त्रालयको कन्जुस्याइँ

वीर अस्पतालका बिरामीका लागि खाना र अक्सिजन खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट दिए पनि अन्य अत्यावश्यक खर्चका लागि बजेट दिन कन्जुस्याइँ गरेको छ । माघ पहिलो साता मन्त्रालयले बिरामी...

स्वास्थ्यकर्मीले अस्पतालमा बोकेर ल्याए आइस लाइन रेफ्रिजेरेटर

सिमकोट – खार्पुनाथ गाउँपालिकाका स्वास्थ्यकर्मी मिलेर आफैँले बोकेर रेफ्रीजेरेटर अस्पतालसम्म ल्याएका छन्। सडक निर्माण भए पनि सञ्चालनमा नआएका कारण सामुदायिक अस्पतालका लागि अत्यावश्यक पर्ने सो मेसिन मंगलबार बिहान आठ जनाभन्दा बढी स्वास्थ्यकर्मी मिलेर बोकेर ल्याएका हुन्। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीका अनुसार अस्पतालका लागि आवश्यक पर्ने आइस लाइन रेफ्रिजेरेटर अस्पतालसम्म ढुवानी गर्ने अन्य विकल्प […]

बैतडीमा कोरोना : कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।  जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् ।  चार  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।उनले भने, “एन्ट

कोरोनाको ओमिक्रोन भेरियन्टबाट कसरी जोगिने? यस्तो छ डा. राजभण्डारीको सल्लाह

काठमाडौँ– कोरोना भाइरस ओमिक्रोनको जोखिम बढेसँगै घरबाहिर निस्कन डराउनुपर्ने अवस्था सिर्जना भएको छ । विना काम घरबाहिर ननिस्कन र  अत्यावश्यक अवस्थामा निस्कन परे मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएपछि हामीले यसबाट कसरी जोगिन सकिन्छ भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक […]

प्रभु बैंकले कान्तिपुर डेण्टललाई आर्थिक सयोग गर्ने

प्रभु बैंकले काठमाडौको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सीएसआर फण्ड बापतको रकमबाट हस्पिटलको  अत्यावश्यक तथा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको खरिद गर्न तथा आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचारर्थ उक्त आर्थिक सहयोग गर्ने भएको हो ।मंगलबार आर्थिक सहयोग सम्बन्धमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमा

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं (अस) । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम चाल्नुको सट्टा अव्यावहारिक निर्णय गरेको भन्दै अफिनले आपत्ति व्यक्त गरेको छ ।  कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा तीन महीना लाग्ने उसले स्पष्ट पारेको छ । सय शय्याका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान जडानको निर्देशन दिनु गैरजिम्मेवारपूर्ण निर्णय भएको समेत अफिनले औंल्याएको छ । कोरोना महामारीका कारण मुलुकभर चर्किएको अक्सिजन अभावबारे सबै अवगत रहेको उल्लेख गर्दै संस्थाले कोभिडको उपचार गरिरहेका निजी अस्पतालहरूलाई राज्यले अत्यावश्यक स्रोतसाधन उपलब्ध नगराई हचुवाको भरमा निर्णय गरेको टिप्पणी गरेको छ । हाल निषेधाज्ञा कायमै रहेको र अन्तरराष्ट्रिय उडानमा समेत रोक लगाइएको भन्दै अफिनले द्रूत ढुवानीको अन्य कुनै विकल्प नभएकाले १५ दिनमा जडान सम्भव नभएको स्पष्ट्याएको छ । सरकारको मापदण्ड बमोजिम सय शय्याको अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्टको मूल्य २ करोड पर्ने र सोको जडानका लागि ५० लाख थप लगानी लाग्ने भन्दै अफिनले विद्यमान परिस्थितिमा उक्त लगानीका लागि सबै अस्पताल सक्षम नरहेको बताएको छ । विज्ञप्तिमा देशभर अक्सिजनको अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने माग समेत गरिएको छ । साथै सरकारको कदममा साथ दिन निजी अस्पताल तयार रहेको भनिएको छ ।

सर्वोत्तम सिमेन्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं(अस) । सर्वोत्तम सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ । उद्योगका अधिकारी नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिका प्रमुख भीमबहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । उद्योगले १० थान शय्या, ईसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटरलगायत आईसीयू कक्षलाई आवश्यक पर्ने विभिन्न उपकरण प्रदान गरेको हो । हालको विषम परिस्थितिमा उक्त उपकरण सहयोगबाट सुनवल नगरपालिकाको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास उद्योगको छ ।